नयाँ सरकारसँग व्यवसायीको आश: सम्भावना र बन्द भएका उद्योग तुरुन्त स्थापना गरियोस्
पाेखरा | मंसिर २०, २०७९
पोखरा: मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचन सम्पन्न भएपछि निर्वाचनको परिणामअनुसार राजनीतिक दलहरु बहुमत बाहिर छन् । सरकार कुन पक्षले बनाउँछ भन्ने अझै कुनै मेलोमेसो छैन ।
यसैबीच, सुनगाभा न्यूजले पोखराका व्यवसायीहरुको अपेक्षाबारे जिज्ञासा राखेको छ । जहाँ पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका प्रतिनिधिहरुले विभिन्न धारणा राखे ।
मुलतः व्यवसायीहरुले अब बन्ने सरकारसँग उद्योगी व्यापारीहरुले सम्भावना र बन्द भएका उद्योग कलकारखाना सञ्चालन गर्न माग गरेका छन् ।
‘अब कसको सरकार बन्न सक्छ र के अपेक्षा छ ? भन्ने प्रश्नमा नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोइरालाले अब बन्ने सरकार स्थिर हुनुपर्ने भन्दै सम्भावना भएका र बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्न माग गरे । ‘सधैं सत्ता र कुर्चीको लागि राजनीति नगरौं’ कोइरालाले भने, ‘अब सरकार आर्थिक गतिविधिमा केन्द्रित हुनुपर्यो , आयआर्जनमा ध्यान दिनुपर्यो ।’ कोइरालाका अनुसार हालसम्मका सरकारहरु विकास र आर्थिक एजेण्डामा जिम्मेवार हुन सकेनन् । ‘सँधै सत्ताकेन्द्रित राजनीति हैन, अब रोजगारमूलक र समृद्धिका योजनालाई नयाँ सरकारले आफ्नो कार्यक्रममा राखेको हेर्न चाहन्छु’ कोइरालाले भने ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा युवा तथा उद्योगी व्यवसायीहरु निर्वाचित भएकाले पर्यटन र उद्योग व्यवसाय क्षेत्रमा केही आशा पलाएको बताए । ‘मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा युवा तथा उद्योगी व्यवसायी निर्वाचित भएका छन्, उनले भने, ‘निर्वाचित युवा तथा उद्योगी व्यवसायीहरुको पर्यटन र उद्योगहरुको स्थापनामा विशेष ध्यान केन्द्रित हुन्छ भन्ने विश्वास छ । युवा तथा व्यवसायीहरु निर्वाचनमा विजयी भएकाले युवाहरुको भविष्य नेपालमा सुनिश्चित गर्नतर्फ कदम चाल्नुहुनेछ ।’
यसैगरि पोखरा उद्योग वाणिज्य संघका सह–सचिव शोभा गौतमले घरायसी काममा व्यस्त हुने महिलाहरुलाई उद्यमशिलता क्षेत्रमा जोड्ने कार्यक्रम सञ्चालन गर्न आगामी सरकारसँग माग गरिन् । ‘अहिले पनि प्राय महिलाहरु घरायसी काममा सिमित छन् । सरकारसँग महिलाहरुलाई उद्यमशिलताको क्षेत्रमा जोड्ने कुनै एजेण्डा देखिदैन्, उनले भनिन्, ‘दिनानुदिन युवा तथा महिलाहरु विदेशीएका छन् । यसलाई रोक्न अब बन्ने सरकारले उद्योगदेखि उद्यमशिलताको वातावरण सिर्जना गरि देशमै रोजगारको व्यवस्था गर्न आवश्यक छ । रोजगारी क्षेत्रले देशको आर्थिक अवस्थादेखि युवाहरुको भविष्य राम्रो हुनेछ ।’
उनले हरेक क्षेत्रमा महिलालाई पछाडी राख्ने प्रचलन विद्यामान रहेको बताउदै त्यस्तो प्रवृतिलाई रोक्न महिलामैत्री वातावरण सिर्जना गर्न आगामी सरकारलाई आग्रह गरिन् । ‘समाज परिवर्तनका निम्ति महिला र पुरुष दुवैको महत्वपुर्ण योगदान छ, पुरुषप्रधान देशमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । आगामी बन्ने सरकारले यसलाई परिवर्तन गर्न आवश्यक छ । अवसर पाए हरेक क्षेत्रमा महिलाले सफलता हात पार्नेछन् । त्यसैले महिलामैत्री नीति बन्न आवश्यक छ ।’ गौतमले भनिन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

